Logo

मुख्य समाचार

बागमती कांग्रेसमा विद्रोहः लामाले राजीनामा दिने, इन्द्र बानियाँ मुख्यमन्त्री बन्दै !


gdpnepal
   १० श्रावण २०८२, शुक्रबार


काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले दलको नेता फर्ने भएको छ ।

कांग्रेस प्रदेश सभापतिसमेत रहेका इन्द्र बानियाँलाई दलको नेता बनाउन बहुमत जुटेको छ भने हालका नेता तथा मुख्यमन्त्री बहादुर लामाले राजीनामा दिने संकेत गरेका छन् ।

लामा क्याबिनेटमा रहेका चार जना मन्त्रीले शुक्रबार राजीनामा दिएका छन् ।

राजीनामा दिनेमा युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठ रहेका छन् ।

यसमध्ये महर्जन कांग्रेस नेता उदयशमशेर राणा निकट हुन् भने लामिछााने महामन्त्री गगन थापा निकट मानिन्छन् ।

लामाले राजीनामा नदिए संसदीय दलको नेताबाट हटाइने र उनी स्वतः पदमुक्त हुने जनाइएको छ ।

२०७९ पुसमा भएको कांग्रेस संसदीय दलको निर्वाचनमा बागमती प्रदेश सभापति बानियाँ लामासँग ५ मतले पराजित भएका थिए ।

बानियाँ संस्थापन पक्षमै रहे पनि पछिल्लो समय नेता प्रकाशमान सिंह निकट हुँदै गएका छन् भने लामा डा. प्रकाशशरण महतनिकट मानिन्छन् ।

 

प्रकाशित : १० श्रावण २०८२, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह