Logo

कर्पोरेट-बजार

आइएमई मोटर्स ‘वेस्ट सर्भिस प्रोभाइडर अवार्ड’ बाट सम्मानित


GDP नेपाल
   १२ श्रावण २०८२, आइतबार


काठमाडौँ । आइएमई मोटर्सलाई अशोक लेल्यान्ड ग्लोबल कन्फ्रेन्स २०२५ मा इन्टरनेशनल अपरेसन क्याटेगोरी अन्तर्गत ‘वेस्ट सर्भिस प्रोभाइडर अवार्ड’ बाट सम्मानित गरिएको छ।

आइएमई मोटर्स र अशोक लेल्यान्डले सफल साझेदारीको एक दशक पूरा गरिरहँदा प्राप्त यो सम्मानले दुई बिचको सहकार्यमा थप ऊर्जा भरेको कम्पनीले जनाएको छ ।

उक्त अवार्डले साझा दृष्टिकोण, पारस्परिक विकास, र उत्कृष्ट सेवा प्रवाहप्रतिको निरन्तर प्रयासले भरिएको आईएमई मोटर्सको दस वर्षे यात्रालाई अझ विशेष र अर्थपूर्ण बनाएको कम्पनीको भनाइ छ ।


आइएमई मोटर्सका सर्भिस प्रमुख मित्र कुमार श्रेष्ठले सो पुरस्कार टेक्निसियन र सर्भिस टिम सदस्यहरूको निरन्तर समर्पणको प्रतिफल रहेको बताए।

‘हामी भविष्यमा पनि उत्कृष्ट सेवा प्रदान गर्न निरन्तर प्रतिबद्ध रहने छौ’,उनले भने ।

आइएमई मोटर्सका कार्यकारी निर्देशक निशान ढकालले यो अवार्डबाट सम्मानित हुदाँ आइएमई मोटर्सको उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धतामा थप टेवा पुगेको बताए ।

‘हामीलाई निरन्तर सुधार र अन्तर्राष्ट्रिय मापदण्डअनुसार सेवा प्रवाह गर्न यो अवार्डले थप उत्साह थपेको छ’, ढकालले भने ।

त्यस्तै, अशोक लेल्यान्ड नेपालका सर्भिस म्यानेजर अनुप कुमार स्वाईनले अशोक लेल्यान्डसँगको साझेदारीको १० वर्षको सफल यात्रा मनाउँदै गर्दा यो सम्मानले सहकार्यको मजबूत र उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्ने साझा प्रतिबद्धतालाई झल्काएको बताए।

अशोक लेल्यान्ड ग्लोबल कन्फ्रेन्स हरेक वर्ष आयोजना हुने एक अन्तर्राष्ट्रिय सम्मेलन हो, जसमा नवप्रवर्तन, सञ्चालन दक्षता, र समग्र योगदानको आधारमा विश्वभरका साझेदारहरूलाई सम्मान गरिन्छ।

प्रकाशित : १२ श्रावण २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह