Logo

कर्पोरेट-बजार

पर्वतारोहण संघको अध्यक्षमा फुर्वा ग्याल्जेन शेर्पाको उम्मेद्वारी घोषणा


GDP नेपाल
   १४ श्रावण २०८२, मंगलबार


काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)को अध्यक्षमा फुर्वा ग्याल्जेन शेर्पाले उम्मेदवारी घोषणा गरेका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजनागरी उनले भदौ ७ गते हुने संघको निर्वाचन आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
उनले आरोहीहरुको नाममा रहेको कल्याणकारी कोषलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाए ।

उनले भने,‘आरोहीहरुको नाममा एउटा कल्याणकारी कोष थियो तर त्यो प्रभावकारी हुन सकेन । त्यसलाई प्रभावकारी बनाउने मेरो घोषणा छ । कल्याणकारी कोषलाई म नेतृत्वमा जाने वित्तिकै प्रभावकारी बनाउँछु । २० लाख रुपैयाँ राखेर कोष सुचारु गर्छु ।’

उनले अध्यक्षमा निर्वाचित भएपछि हिमाल आरोहण गरेर विश्व कीर्तिमानी राखेकाहरुलाई अन्तर्राष्ट्रिय विमानस्थलहरुमा विशेष सुविधा उपलब्ध गराउनका लागि सरकारसँग पहल गर्ने प्रतिबद्धता पनि जनाए ।

‘विश्व कीर्तिमान भनेको सामान्य विषय होइन, त्यसैले रेकर्डधारीहरुलाई विषेश सम्मान दिनका लागि विमानस्थल आवतजावतमा छुट्टै व्यवस्था गरेर आफ्नो कीर्तिमानीप्रति गर्व महसुस गर्ने वातावरण मिलाउने प्रतिबद्धता गर्छु । कीर्तिमानीको शिर ठाडो हुनुभनेको आम नेपालीको शिर ठाडो हुनु हो, त्यसैले किर्तिमानी आरोहीहरुको सम्मानका लागि सरकारसँग विषेश पहल गरेर निर्णय गरी कार्यान्वयनमै लैजाने छु,’ उनले भने ।

हिमाली क्षेत्रमा जलवायु परिवर्तनको कारणले हिमाल र हिमाली क्षेत्रमा ठूलो क्षति हुँदै जाँदा सहरमा हिमाल संरक्षण र जलवायु परिवर्तनको बारेमा गोष्टी गरेर करोडौ रुपैयाँ स्वाहाँ बनाइरहेकोको उनको आरोप छ ।

सोलुखुम्बुमा जन्मिएका शेर्पाले नेपाल पर्यटन बोर्डको सञ्चालक समिति सदस्य भएर अनुभव बटुलेका उनी ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल ९टान०को महासचिव हुँदै उपाध्यक्ष समेत भइसकेका छन् । ट्रेकिङ, हेलिकोप्टर, होटललगायतका क्षेत्रमा लगानी गरेका उनी सक्रिय समाजसेवी समेत हुन् ।

प्रकाशित : १४ श्रावण २०८२, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह