Logo

कर्पोरेट-बजार

एनसेलको ‘बिज सधैं अन’मा मनसुन बिजनेस अफर, यस्ता छन् सेवाहरु


GDP नेपाल
   १५ श्रावण २०८२, बुधबार


काठमाडौं । एनसेलले आफ्ना पोस्टपेड, साना तथा मझौला उद्यमी र कर्पोरेट ग्राहकहरूका लागि ‘बिज सधैं अन’मा मनसुन बिजनेस अफर ल्याएको छ । यस अफरमा अनतर्गत ग्राहकहरूले कम खर्चमा एक वर्ष निश्चिन्त भई सेवाहरु उपयोग गर्न सक्नेछन् ।

ग्राहकहरूले बिज सधैं अन ३९९ प्लान वा बिज सधैं अन ६४९ प्लानको १० महिनाको लागि सदस्यता लिँदा १२ महिनाको सेवा पाउने यो अफरको विषेशता रहको कम्पनीले जनाएको छ । यो अफर ‘१० महिना तिर्नुहोस्, १२ महिना सेवा पाउनुहोस्’ भन्ने मोडलमा आधारित रहेको छ । बिज सधैं अन ३९९ प्लानमा ग्राहकहरूले हरेक महिना १० जीबी डेटा, ४०० मिनेट जुन सुकै लोकल नेटवर्कमा कल गर्न सकिने टक टाइम र ४०० एसएमएस प्रति महिना पाउनेछन्

। त्यस्तै, बिज सधैं अन ६४९ प्लानमा हरेक महिना ३० जीबी डेटा, अनलिमिटेड टक टाइम र ६५० एसएमएस पाइने कम्पनीले बताएको छ ।

मनसुन अफरमा ग्राहकहरुले बन्डलरकम्बो अफरको पनि फाइदा लिन सक्नेछन्। यसमा कर्पोरेट ग्राहकहरुले आफ्ना तीन वटा मोबाइल नम्बरहरुमा सेवाका लागि वार्षिक सदस्यता लिँदा एउटा नम्बरले एक पटकका लागि ६ महिनाको लागि सेवा निःशुल्क पाउनेछन् । यसैगरी पाँच वटा नम्बरका लागि एक वर्षको सेवा लिँदा दुई वटा नम्बरले ६ महिनाका लागि सेवा निःशुल्क पाउनेछन् ।

“उपभोक्ताहरूलाई ‘सधैं अन’मार्फत सशक्त बनाउने आफ्नो प्रतिबद्धता बमोजिम बन्डल सेवाहरुका साथ कम खर्चमा ग्राहकहरुलाई वर्षभरी निर्धक्क रुपमा सेवा उपलब्ध गराउन यो अफर ल्याएका छौ । साना, ठूला सबै व्यावसायहरुले अर्थतन्त्रलाई चलायमान बनाउँछ र उनीहरुको व्यवसाय बढाउन हाम्रा सेवाहरुले योगदान पुर्याउने कुरामा हामी विश्वस्त छौं,” एनसेलका चिफ विजनेश अफिसर डिओन एसेन्सिओले भने ।


यसका साथै एनसेलले क्लाउड र डाटा सेन्टर सेवाहरूमा सीमित अवधिका लागि मनसुन अफर दिएको छ जसमा ग्राहकहरुले विशेष छुट पाउँछन् । इच्छुक ग्राहकहरूले एनसेलको वेबसाइटमा गई कलब्याकका लागि अनुरोध गर्न सक्नेछन् ।
बिज सधैं अन ३९९ प्लान र बिज सधैं अन ६४९ प्लानको मासिक सेवा लिएका ग्राहकहरुले पनि आफूलाई अपग्रेड गरी वार्षिक सेवा सदस्यता र कम्बो अफरको फाइदा लिन सक्छन् । ग्राहकहरुले बिज सधैं अन प्लानहरुमा मासिक रुपमा डेटा, भ्वाइस र एसएमएसका साथै लायन्सगेट प्ले र मेरो लगानी एपमा पनि पहुँच पाउँनेछन् ।

प्रकाशित : १५ श्रावण २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह