Logo

अर्थनीति

अमेरिकी डलरको बिक्रीदर १४० रुपैयाँ १८ पैसा: अन्यको कति ?


gdpnepal
   १६ श्रावण २०८२, बिहिबार


काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिद दर १३९ रुपैयाँ ५८ पैसा र बिक्रीदर १४० रुपैयाँ १८ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ ९४ पैसा र बिक्रीदर १६१ रुपैयाँ ६३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ४९ पैसा र बिक्रीदर १८७ रुपैयाँ २९ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ  ५८ पैसा र बिक्रीदर ९० रुपैयाँ ९७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ २२ पैसा र बिक्रीदर १०१ रुपैयाँ ६६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ २६ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७३ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४२ पैसा र बिक्रीदर नौ रुपैयाँ ४६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १९ रुपैयाँ ५२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ २१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३७ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ २९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४६ पैसा कायम भएको छ ।

युएई दिराम एकको खरिददर ३८ रुपैयाँ र बिक्रीदर ३८ रुपैयाँ १६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३३ रुपैयाँ०६ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ०९ पैसा र बिक्रीदर १० रुपैयाँ १४ पैसा तोकिएको छ ।

 

प्रकाशित : १६ श्रावण २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह