Logo

बिजनेस होम

एनपीएलको खर्च विवरण सार्वजनिक: २७ करोड ६९ लाख आम्दानी, २ करोड ४६ लाख नाफा


gdpnepal
   १७ श्रावण २०८२, शुक्रबार


काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले गत वर्ष सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल)को खर्च विवरण सार्वजनिक गरेको छ । 

प्रतियोगिताबाट क्यानको कुल नाफा २ करोड ४६ लाख ५० हजार ७८९ रुपैयाँ भएको छ । 

बिहीबार कार्यसमिति बैठकमा विवरण सार्वजनिक गरेको हो । 

क्यानका अनुसार, प्रतियोगिताको ‘टोटन ग्रस रेभेन्यु’ २७ करोड ६९ लाख ६४ हजार १ रुपैयाँ रहेको छ । 

यसमध्ये प्रतियोगिता आयोजनाका निम्ति कुल २० करोड १५ लाख ७३ हजार ५९९ रुपैयाँ खर्च भएको छ । 

आठ क्लबसँग राजस्व बाँडफाँट गर्नुअघिको आम्दानी सात करोड ५३ लाख ९१ हजार २५९ रुपैयाँ रहेको छ । 

यसमध्ये आठ फ्रेन्चाइज क्लबलाई ५० प्रतिशत समान रूपमा वितरण गरेपछि क्यानले तीन करोड १६ लाख ५० हजार ७८९ रुपैयाँ आम्दानी भएको जनाएको छ । 

क्यानले चार करोड ३७ लाख ४० हजार ४७० रुपैयाँ आठ क्लबलाई बाँडिएको जनाएको छ । यसैगरी क्यानले तीन करोड १६ लाखमध्ये प्रदेशहरूलाई ७० लाख रुपैयाँ राजस्व बाँडिएको छ ।

प्रतियोगिताको पहिलो संस्करण गत वर्ष मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना भएको थियो । 

प्रतियोगिताको दोस्रो संस्करणका निम्ति क्यानले नोभेम्बरको समय तोकेको छ । तर, हालसम्म निश्चित मिति भने सार्वजनिक भइसकेको छैन ।

 

प्रकाशित : १७ श्रावण २०८२, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह