Logo

बिजनेस होम

नेपाली बजारमा दिपल एस०७ को नयाँ भेरियन्ट आईसीए सार्वजनिक


GDP नेपाल
   १९ श्रावण २०८२, आइतबार


काठमाडौं । नेपालमा दिपल एस०७ कार सार्वजनिक भएको छ । आइतबार दीपल शोरूम, नक्सालले एक समारोहको आयोजना गरि गाडी लन्च गरेको हो ।

नेपालमा दिपल इलेक्ट्रिक गाडीहरूको आधिकारिक वितरक एमएडब्लु वृद्धि अटोकोर्पले आफ्नो प्रमुख विद्युतीय एसयूभी दिपल एस०७ को नयाँ भेरियन्ट आइसीए सार्वजनिक गरेको हो ।

दिपल एस०७ अब स्मार्ट कनेक्टिभिटीको नयाँ युगमा प्रवेश गरेको सार्वजनिक कार्यक्रममा जानकारी दिइयो । बजारमा आएको उक्त भेरियन्टले अत्याधुनिक प्रविधिलाई आकर्षक डिजाइनसँग मिलाएर भविष्यमुखी एसयूभीको मापदण्ड उचो बनाउने उद्देश्य राखेको जनाइएको छ ।

सुन्दर रूपरेखा र सशक्त रोड प्रेजेन्सलाई समेट्दै अत्यन्त परिष्कृत विद्युतीय एसयूभीको अनुभव प्रदान गर्ने जनाएको छ । यसमा नयाँ (लिथियम आयरन फस्फेट) ब्याट्री प्रयोग गरिएको छ ।

प्रारम्भदेखि नै, दीपल नेपालमा सबैभन्दा खोजी गरिएका विद्युतीय गाडी ब्रान्डमध्ये एक बनेको छ । यसको भविष्यत्मक डिजाइन, प्रविधिमैत्री फिचरहरू, उत्कृष्ट प्रदर्शन, र नवीनतम सुविधाहरू जस्तै जेस्चर कन्ट्रोल, अग्मेन्टेड रियालिटी हेड–अप डिस्प्ले, सनफ्लावर–स्टाइल टचस्क्रिन, बिल्ट–इन हेडरेस्ट स्पिकर, आउटडोर साउन्ड सिस्टम, २० इन्चको अलोय ह्वील, र १२५ लिटरको फ्रन्क को कारण, नेपालमा ९०० भन्दा बढी युनिट बिक्री पार गरिसकेको छ ।

प्रकाशित : १९ श्रावण २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह