Logo

बैंक / बिमा /शेयर

एनआईसी एशिया बैंकका ग्राहकलाई हिमालय दृष्य रिसोर्टमा १० प्रतिशत छुट


GDP नेपाल
   २२ श्रावण २०८२, बुधबार


काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकलाई धुलिखेलस्थित हिमालय दृष्य रिसोर्टमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा बैंक र रिसोर्टबीच सम्झौता सम्पन्न भएको छ ।


यस समझदारीसँगै यस बैंकका ग्राहकले धुलखेलमा रहेको हिमालय दृष्य रिसोर्टमा खाना तथा पेय पदार्थ उपभोग गरी डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने भएका छन् ।
यो सुविधाको उपभोग गर्न ग्राहकले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ ।


हिमालय दृष्य रिसोर्टसँगको यस सहकार्यले बैंकका ग्राहकलाई छुट उपलब्ध हुनुका साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

प्रकाशित : २२ श्रावण २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह