Logo

बैंक / बिमा /शेयर

रिभर फल्स पावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन


GDP नेपाल
   २३ श्रावण २०८२, बिहिबार


काठमाडौं । रिभर फल्स पावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले शतप्रतिशत अर्थात ७० करोड रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका ७० लाख कित्ता हकप्रद जारी गर्न लागेको हो । यसका लागि कम्पनीले साउन २६ गते एक दिनका लागि बुक क्लोज गर्दैछ ।

आजसम्म नेप्सेमा कायम हुने शेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रदका लागि योग्य हुने छन् । साउन २३ र २४ गते शुक्रबार र शनिबार भएकाले शेयर कारोबा हुँदैन भने साउन २५ गते पनि गाईजात्राको अवसरमा सावर्जनिक विदा परेकाले कम्पनीले आज सम्मका लागि हकप्रद सुरक्षित गर्ने समय दिएको हो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट हकप्रद शेयर निष्कासन गर्न गत साउन ९ गते अनुमति प्राएको थियो । कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित : २३ श्रावण २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह