Logo

कर्पोरेट-बजार

नेक्सजेन म्यानेजमेन्ट पब्लिक कम्पनीमा रुपान्तरण


GDP नेपाल
   २३ श्रावण २०८२, बिहिबार


काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स् पुँजी वृद्धि गर्दै पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको छ । कम्पनी रजिष्ट्रारको कार्यालय निर्णयबाट कम्पनीको अधिकृत पुँजी १ अर्ब र जारी पुँजी ५० करोड पुगेको हो ।

२०८२ वैशाख २२ मा सम्पन्न कम्पनीको विशेष साधारण सभाले पुँजी वृद्धिसहित लिमिटेड कम्पनीमा परिवर्तन हुने निर्णय गरेको थियो । सर्वसाधारणलाई कम्पनीमा समावेश गर्ने गरी ३० प्रतिशत सेयर सर्वसाधारणको लागि छुट्ट्याएको छ ।


नेक्सजेन म्यानेजमेन्ट बैंक तथा वित्तीय संस्थाको निष्कृय कर्जा र गैह्र बैंकिङ सम्पत्ति व्यवस्थापन गर्ने गरी पूर्व बैंकरहरूबाट सञ्चालित कम्पनी हो ।

प्रकाशित : २३ श्रावण २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह