Logo

बैंक / बिमा /शेयर

सिटिजन्स बैंकको नाफा १ अर्ब २९ करोड


GDP नेपाल
   २६ श्रावण २०८२, आइतबार


काठमाडौं । सिटिजन्स बैंकको नाफा दुई प्रतिशतले घटेको छ । बैंकले अघिल्लो वर्षको चौथो त्रैमाससम्मको तुलनामा गत वर्षको चौथो त्रैमाससम्म २ प्रतिशत कम खुद नाफा गरेको हो ।

बैंकले गत आवको चौथो त्रैमाससम्म १ अर्ब २९ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको चौथो त्रैमाससम्म कम्पनीले १ अबै ३२ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो ।

बैंकको इम्पेरमेन्ट चार्ज १ अर्ब ७२ करोड रुपैयाँबाट बढेर २ अर्ब ६७ करोड रुपैयाँ पुगेको कारण नाफा घटेको हो । बैंकको वितरणयोग्य नाफा भने ६१ करोड ३२ लाख रुपैयाँबाट बढेर ७७ करोड ५४ लाख रुपैयाँ पुगेको छ । निक्षेप संकलन १२ प्रतिशतले र कर्जा प्रवाह ११ प्रतिशतले बढेको छ । निष्क्रिय कर्जा अनुपात ४.१० प्रतिशतबाट ४.९४ प्रतिशत पुगेको छ ।

हाल बैंकको चुक्तापूँजी १४ अर्ब ७६ करोड रुपैयाँभन्दा बढी, जगेडा कोष ७ अर्ब ४० करोड रुपैयाँभन्दा बढी छ । प्रतिशेयर आम्दानी ८ रुपैयाँ ७६ पैसा र प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ ४२ पैसा रहेको छ ।

प्रकाशित : २६ श्रावण २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह