Logo

कर्पोरेट-बजार

आइएमई मोर्टसले ९ महिनामै गर्‍यो २ अर्ब २१ करोडको व्यापार


GDP नेपाल
   २६ श्रावण २०८२, आइतबार


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको कम्पनी आइएमई मोर्टसले आर्थिक वर्ष २०२५ को ९ महिनामै २ अर्ब २१ करोड रुपैयाँ बरारको व्यापार गरेको छ ।

रेटिङ एजेन्सी इक्रा नेपालले गरेको रेटिङ अनुसार कम्पनीले उक्त व्यापार गरेको देखिएको हो । कम्पनीले तीन अर्ब २५ करोड रुपैयाँ बैंकिङ कर्जा प्रयोजनमा लागि रेटिङ गराएको हो ।

कम्पनीले यसअघि आव २०२४ मा दुई अर्ब ३४ करोड, आव २०२३ मा एक अर्ब ७५ करोड र आव तीन अर्ब १४ करोड रुपैयाँ बढीको व्यापार गरेको थियो ।

साथै, कम्पनीले २०२२ मा दुई अर्ब ३७ करोड र आव २०२१ मा एक अर्ब ८३ करोड रुपैयाँ बढीको कारोबार गरेको थियो । यो कम्पनी भारतको हिन्दुजा समूहको कमर्सियल भेहिकल अशोक लेल्याण्डका लागि नेपालको आधिकारिक वितरण कम्पनीको रुपमा रहेको छ ।

कम्पनीले अशोक लेल्याण्डका सम्पूर्ण कमर्सियल भेहिकल (सिभी) मा बस, इन्टरमिडिएट कमर्सियल भेहिकल्स (आइसिभिएस), लाइट कमर्सियल भेहिकल्स (एलसिभिएस्), मिडियम कमर्सियल भेहिकल्स (एमसिभिएस), ट्रक र टिपरहरू नेपाल आयात गरेर व्यापार गर्छ ।

प्रकाशित : २६ श्रावण २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह