Logo

बिजनेस होम

होटल म्यारीयटमा डा. उज्जवल पाटनीको ‘बिजनेस ब्लु प्रिन्ट नेपाल’ कार्यक्रम आयोजना हुँदै


GDP नेपाल
   २७ श्रावण २०८२, सोमबार


काठमाडौं । नेपालका व्यावसायिक तथा औद्योगिक क्षेत्रका अग्रणी व्यक्तित्वहरूको सहभागितामा, प्रख्यात अन्तर्राष्ट्रिय उत्प्रेरक वक्ता डा. उज्जवल पाटनीद्वारा प्रस्तुत हुने “बिजनेस ब्लु प्रिन्ट नेपाल” कार्यक्रम हुने भएको छ । कार्यक्रम यही भदौ १२ गते काठमाडौंको होटल म्यारीयटमा आयोजना हुने भएको छ।


उक्त कार्यक्रममा व्यवसायमा सफलताको खाका, नेतृत्वदायी क्षमताको विकास, बिक्री रणनीति, ब्रान्ड निर्माण, र आधुनिक व्यवसाय सञ्चालनका व्यावहारिक पक्षहरूमा केन्द्रित रहने उक्त कार्यक्रममा नेपालभरका व्यवसायी, युवा उद्यमी, स्टार्टअप संस्थापक तथा उद्योगीहरूको उल्लेखनीय उपस्थिति रहने अपेक्षा गरिएको छ ।


कार्यक्रममा नेपाली व्यवसायी, उद्योगपति, युवा उद्यमी तथा स्टार्टअप प्रतिनिधिहरूलाई आधुनिक व्यवसायिक सोच, रणनीति, नेतृत्व कौशल, तथा ब्रान्ड निर्माणजस्ता महत्त्वपूर्ण पक्षको मार्गदर्शन गर्नु रहेको बताइएको छ ।
कार्यक्रममा सहभागीहरूले व्यवसायिक सफलता प्राप्त गर्न आवश्यक व्यवहारिक रणनीति, कार्यान्वयनका तरिका र उत्प्रेरणादायी विचारहरू प्रत्यक्ष रूपमा अनुभूती गर्न पाउने आयोजकले जनाएको छ ।


साउन २५ गते आयोजना गरिएको पत्रकार सम्मेलनमा कामर्यक्रमका संयोजक तथा जिनियस टल्कस्का प्रबन्धक कृष्ण शाहले यस्ता खालका कार्यक्रमले बिजनेशमा थप प्रेरणा र टेवा पुर्याउने बताए ।

पाटनीले आजसम्म १० हजार भन्दा बढि यस्ता खालका सेमिनारहरु गर्दै आएको समेत उनले जानकारी दिए र उनको काठमाडौैं यो पहिलो शो समेत रहेको बताए ।
कार्यक्रममा शिवम् सिमेन्टका सेल्स एण्ड मार्केटिङ् हेड निखिल अग्रवालले ब्यवसायिक क्षेत्रको विकासका लागि विभिन्न क्षेत्रमा ज्ञानरहेका विज्ञहरुको अनुभवले उर्जा प्राप्त हुने र यस्ता खालका कार्यक्रमहरुमा शिवम् सिमेन्ट सहकार्य गर्न तयार रहेको बताए ।


डा. उज्जवल पाटनीले यसअघि भारत तथा अन्य देशहरूमा सञ्चालन गरेका यस्ता कार्यक्रमहरू अत्यन्त सफल र प्रभावशाली सावित भएका छन् ।
नेपालमा पहिलोपटक आयोजना हुन लागेको यो संस्करणले व्यवसायिक समुदायलाई सशक्त, सचेत र रणनीतिमूलक बनाउने विश्वास लिइएको छ । यस कार्यक्रमले नेपालमा व्यवसाय सञ्चालनको सोच र दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।

प्रकाशित : २७ श्रावण २०८२, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह