काठमाडौँ । तेह्रथुम पावर कम्पनी लिमिटेडको हकप्रद सेयर लिलामी बिक्री खुला भएको छ । कम्पनीले ४ लाख १८ हजार ७३८ कित्ता सेयर लिलामीमा ल्याएको हो ।
इच्छुक लगानीकर्ताले भदौ ३ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । यस लिलामीको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।
लगानीकर्ताले बिक्री प्रबन्धक कार्यालयसहित नबिल बैंकका विराटनगर, बिर्तामोड, वीरगञ्ज, हेटौँडा, जावलाखेल, सूर्यविनायक, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखाबाट आवेदन दिन सक्नेछन्।










प्रतिक्रिया