Logo

बैंक / बिमा /शेयर

ग्लोबल आइएमई बैंकको नाफा ६ अर्ब २० करोड


GDP नेपाल
   २९ श्रावण २०८२, बुधबार


काठमाडौं । गत आर्थिक वर्षमा ग्लोबल आइएमई बैंकले ६ अर्ब २० करोड ४७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको तुलनामा बैंकको नाफा १.१० प्रतिशतले बढेको हो । अघिल्लो वर्ष बैंकले ६ अर्ब १३ करोड ७४ लाख रुपैयाँ कमाएको थियो ।

बैंकको वितरणयोग्य नाफा पाँच अर्ब ३७ करोड ९३ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यस्तो नाफा ५० करोड ६७ लाख रुपैयाँ रहेको थियो । बैंकको खुदब्याज आम्दानी १६ अर्ब ७१ करोड रुपैयाँ रहेको छ भने बैंकको सञ्चित कोष ९रिजर्भ० २४ अर्ब २१ करोड रुपैयाँ रहेको छ ।

बैंकको निक्षेप परिचालन बढेर पाँच खर्ब ५० अर्ब ६२ लाख रुपैयाँ पुगेको छ । कर्जा प्रवाह चार खर्ब ११ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ । बैंकको चुक्ता पुँजी ३८ अर्ब ११ करोड रुपैयाँ छ ।


बैंकको निष्क्रिय कर्जा अनुपात ४.८७ प्रतिशत छ भने बैंकले १०२ प्रतिशत व्यवस्थापन गरेको छ । त्यस्तै, बैंकको निक्षेप लागत घटेर ४.३० प्रतिशत पुगेको छ ।

बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७६, आधारदर ५.७६, ब्याजदर अन्तर ३.६३ र स्वपुँजीमा प्रतिफल ९.६१ प्रतिशत रहेको छ ।


बैंकको प्रतिसेयर आम्दानी १६.२८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १७७.६३ रुपैयाँ रहेको छ ।

प्रकाशित : २९ श्रावण २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह