Logo

अर्थनीति

ओली सरकारले बढायो पाँचौंपटक पेट्रोलियमको मूल्य, जनतालाई महँगी


appharu
   १९ जेष्ठ २०७५, शनिबार


काठमाडौं । केपी ओली नेतृत्वको सरकार गठन भएको सय दिनबाट केही बढीमात्र हुँदा पेट्रोलियम पदार्थको मूल्य पाँचौंपटक बढेको छ । नेपाल आयल निगमले शनिबार रातिदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

निगमले पेट्रोल, डिजेल, तथा मट्टीतेलको मूल्य तीन/तीन रूपैयाँले बढाएको छ । यस्तै हवाई इन्धनको मूल्य पनि बढाएको छ । यसले अब हवाई भाडासमेत महँगो हुनेछ ।

महँगी नियन्त्रण र जनतालाई राहत दिने भन्दै गठन भएको सरकारले सञ्चीत कोषको रकम नै उपयोग नगरी यसरी मूल्य बढाउँदा आम सर्वसाधारण भने प्रत्यक्ष प्रभावित हुनेछन् ।

अब पेट्रोलको मूल्य १ सय १३ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य ९५ रूपैयाँ तोकिएको निगमले जनाएको छ । यसअघि १ सय १० रूपैयाँ पेट्रोल तथा डिजेल र मट्टीतेलको मूल्य ९२ रूपैयाँ कायम गरिएको थियो ।

निगमले भने अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर उकालो लागे पछि त्यसको प्रभाव नेपालमा परेको निगमले जनाएको छ । निगमलार्इ हाल १८ करोड ६२ लाख रूपैयाँ घाटा रहेको छ ।

प्रकाशित : १९ जेष्ठ २०७५, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह