Logo

कर्पोरेट-बजार

पर्वतारोहण संघको अध्यक्षमा कुलबहादुर गुरुङको उम्मेदवारी घोषणा


GDP नेपाल
   ३० श्रावण २०८२, बिहिबार


काठमाडौं । नेपाल पर्वतारोहण संघमा कुलबहादुर गुरुङले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

बिहीबार नेपाल पर्वतारोहण संघ केन्द्रीय समितिको निर्वाचनमा अध्यक्षका प्रत्यासी गुरुङ्गले व्यवसायीक तथा समावेशि समूहको उम्मेदवार घोषणा गरेको बताए ।

उनले नेपालको पर्यटन क्षेत्रमा पर्वतारोहणको ठूलो भूमिका रहेको भन्दै यस क्षेत्रलाई थप उचाइमा पु¥याउन आफुले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेको बताए ।

गुरुङको टिमबाट वरिष्ठ उपाध्यक्षमा टिकाराम गुरुङ, प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबु शेर्पा, द्वितीय उपाध्यक्षमा धनबहादुर गुरुङ र महासचिवमा बिमल कुमार नहर्कीले चुनावी प्रतिस्पर्धा गर्ने बताए ।

सचिवमा ङीमा डिकी शेर्पा, कोषाध्यक्षमा सुमी लामा र सदस्यहरूमा पुष्कर शाह, बलबहादुर सुयाल, हरि गोपाल प्रधान, माधवप्रसाद पाण्डे, दिकी शेर्पा, गीता राई, सुदास लामा, लालबहादुर जिरेल, नुर्बु छिरिङ शेर्पा लामा, पासाङ शेर्पा प्रत्यासी रहेका छन्। संघको चुनाव आगामी भदौ ७ गते हुँदैछ ।

प्रकाशित : ३० श्रावण २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह