Logo

कर्पोरेट-बजार

भदौ १३ देखि ‘जर्नी टु थाइल्याण्ड एण्ड टप थाई ब्रान्ड’ एक्स्पो हुँदै


GDP नेपाल
   ३१ श्रावण २०८२, शुक्रबार


काठमाडौँ । नेपालस्थित थाई राजदूतावासले नयाँ दिल्लीस्थित थाई ट्रेड सेन्टरको सहकार्यमा काठमाडौँमा ‘जर्नी टु थाइल्याण्ड एण्ड टप थाई ब्राण्ड २०२५’ एक्स्पो गर्ने भएको छ ।

सो एक्स्पो ललितपुरमा रहेको द प्लाजामा आगामी भदौ १३ देखि १५ गतेसम्म आयोजना हुनेछ । नेपालका लागि थाई राजदूत सुवापोङ सिरिसोर्नका अनुसार कार्यक्रमको उद्घाटन भदौ १३ गते हुनेछ ।

एक्स्पोमा विभिन्न थाई सांस्कृतिक कार्यक्रम, थाई खाना, थाई उत्पादन, थाई मसाज, र निःशुल्क हस्तकला कार्यशाला आयोजना गरिने बताइएको छ । सहभागीहरूले प्रसिद्ध थाई व्यवसाय, अस्पताल र विश्वविद्यालयका प्रतिनिधिसँग भेट्ने अवसर पनि उपलब्ध हुने राजदूत सिरिसोर्नले बताए।


साथै, थाइल्याण्डको राउण्ड–ट्रिप हवाई टिकटलगायत अन्य रोचक उपहारका लागि प्रबन्ध पनि रहेको छ । यो ‘जर्नी टु थाइल्याण्ड एण्ड टप थाई ब्राण्ड्स २०२५’ एक्स्पोले थाइल्याण्ड र नेपालको सम्बन्धलाई अझ नजिक ल्याउने र दुई देशका जनताबीचको मित्रता सुदृढ पार्ने लक्ष्य राखेको छ ।

प्रकाशित : ३१ श्रावण २०८२, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह