काठमाडौं । नेपालका लागि ह्युन्डाई गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. ले सधै झैँ यस वर्ष पनि दशैं–तिहारको अवसरमा विशेष अफर “दशैं–तिहार, १० गुणा उपहार” घोषणा गरेको छ ।
नेपालीहरुको महान् पर्व दशैं, तिहार र छठको उत्सवलाई रोचक एवं हर्साेउल्लास बनाउन ह्युन्डाईले “दशैं–तिहार, १० गुणा उपहार” अफर घोषणा गरेको हो ।
यस अफर अन्तर्गत, ग्राहकहरूले ८ लाख रुपैयाँसम्मको आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन् ।
साथै, स्क्र्याच कार्डमार्फत १० लाख रुपैयाँसम्मको थप छुट जित्ने अवसर समेत पाउनेछन् । ग्राहकले २० हजार रुपैयाँसम्मको लोयल्टी बोनस पाउनेछन् ।
प्रत्येक गाडी खरिदमा १ वर्षको निःशुल्क कम्प्रिहेन्सिभ इन्स्योरेन्स र सडक कर पनि उपलब्ध हुनेछ ।
हरेक ह्युन्डाई गाडीमा ३ वर्षको वारेन्टी र ६ वर्षसम्मको निःशुल्क सर्भिसिङ सुविधा दिइनेछ, जसले ब्रान्डको गुणस्तर, भरपर्दोपन र दीर्घकालीन ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धता झल्काउँछ ।
यस दशैं–तिहारमा, ह्युन्डाई नेपालले सबै अटोप्रेमीहरू र सम्भावित ग्राहकहरूलाई नजिकैको ह्युन्डाई शोरुममा पुगेर “दशैं–तिहार, १० गुणा उपहार” अफरको फाइदा लिन हार्दिक निमन्त्रणा गर्दछ ।
यो अफर भदौ २, २०८२ देखि सुरु हुनेछ ।










प्रतिक्रिया