काठमाडौँ । फ्रेन्चाइज मोडलमा विस्तार गरिएको नेक्सजी बार्बर शप आजबाट सञ्चालनमा आएको छ । आज एक कार्यक्रमका बीच सौन्दर्य कला व्यवसायी संघकी अध्यक्ष कमला श्रेष्ठले सो शपको समुद्घाटन गरेकी हुन् ।
तिनकुने सिनामंगलमा खोलीएको यस बार्बर शपमा बार्बर सम्बन्धी तालिम लिन चाहनेलाई ४५ दिन सम्मको कोर्स डिजाइन गरिएको शपका प्रबन्ध निर्देशक तिलराज खतिवडाले बताए ।
उनले नेक्स जीलाई आफूहरुले फ्रेन्चाईज मोडलमा अगाडि बढाउने र आगामी ५ वर्षभित्र यसको शाखा सञ्जाल ५०० पुर्याउने योजना रहेको जानकारी दिए ।
“हामी ‘नेक्स जी’ लाई फ्रेन्चाइज मोडलमा अगाडी बढाउँछौ । त्यसका लागि डेकोरेसन लगाएतको खर्च १२ देखि १५ लाख सम्म लाग्छ र शपका लागि चाहिने सबै सामग्रीहरु हामीले उपलब्ध गराउँछौ” खतिवडाले भने ।
सो अवसरमा बोल्दै सौन्दर्यविद् श्रेष्ठले यस पेशा व्यवसायमा संघर्ष र चुनौती धेरै भएकोले उपभोक्तामैत्री भावलाई सर्वोपरि ठानी अनुसाशित, इमान्दारी ढंगबाट अगाडी बढ्न सल्लाह दिइन् ।

उनले ४६ वर्ष अघि जुन संघर्ष आफूले व्यहोर्नु पर्यो त्यस किसिमको दुःख, संघर्ष र चुनौती अहिलेको पुस्ताले भोग्नु नपर्ने भन्दै मिहिनेत, लगनशीलताले नै सफलता हासिल गर्ने हुँदा त्यसतर्फ केन्द्रित रहन नवप्रवेशी ट्रेनरहरुलाई सुझाव दिइन् ।
कार्यक्रममा नेपाल कुरियर सेवा संघका अध्यक्ष दुर्गा प्रसाद सुवेदीले व्यवसाय गर्दा ठूला समस्या र चुनौतीहरु आउने भन्दै त्यसलाई हल गर्न आत्म अनुसासन, धैर्यता र लगनशीलताको आवश्यकता पर्ने बताए ।
द नेक्स जीको उद्धेश्य कपाल काट्नुसँग मात्र नभएर देशमै युवालाई रोजगारी सिर्जना गरेर विदेश पलाएनको गतिलाई रोक्ने र देशमै अवसरहरु छन् भनेर देखाउने रहेको खतिवडाले बताए ।










प्रतिक्रिया