काठमाडौं । यस वर्षको नाडा अटो शोमा गिली इएक्स फाइभ र जेवाई एयरका विभिन्न मोडेलहरू आधिकारिक रूपमा सार्वजनिक गरिएका छन् ।
गिली इएक्स फाइभ म्याक्स र प्रो साथै जेवाई एयर अल्ट्रा र लाइट मोडेलहरू नेपालका ग्राहकलाई लक्षित गरी विद्युत् सवारीका रूपमा प्रस्तुत गरिएको हो ।
यी गाडीहरू अत्याधुनिक प्राविधिक विशेषतासहित लामो दुरीमा सहज रुपमा चलाउन मिल्ने गरी तयार पारिएको कम्पनीले जनाएको छ ।
ड्रिमस्मार्ट चाइनाको अधिकृत आयातकर्ता एलआरआर मोटर्सले नेपालमा यी गाडीहरु ल्याएको हो भने यो कम्पनी जेवाई अटो ग्रुपको पनि अधिकृत विक्रेता हो ।

यस वर्षको नाडा अटो शोमा कम्पनीले विद्युतीय गाडीको विशेष अफर प्रस्तुत गरेको छ । गिली ईएक्स म्याक्स ६४.९९ लाखमा उपलब्ध हुने बताइएको छ । यसको दावी गरिएको दूरी (रेन्ज) ३७० किलोमिटर हो ।
कम्पनीका अनुसार वास्तविक मूल्य भन्दा यो ३ लाख कम हो ।
त्यस्तै, स्टाइलिश गिली इएक्सफाइभ प्रो ५४.९९ लाखमा उपलब्ध छ, जबकी यसको वास्तविक मूल्य ५८ लाख कायम भएको थियो ।
त्यसैगरी, जेवाई एयर का प्रिमियम मोडलहरूमा पनि आकर्षक छुट योजना ल्याइएको छ । सुरुमा रु. ६८ लाखको मूल्य रहेको जेवाई एयर अल्ट्रा अहिले ६४.९९ लाखमा उपलब्ध छ ।
यस्तै, ५४ लाख मूल्य भएको जेवाई एयर लाइट ४९.९९ लाखमै खरिद गर्न सकिनेछ ।
यी विशेष अफरहरूसँगै एलआरआर मोटर्सले स्टाइल , फिचर र दिगोपनामा रुचि राख्ने नेपाली उपभोक्ताहरूमाझ ई–मोबिलिटीलाई अझ सहज र आकर्षक बनाउन लागेको छ ।
यसैगरी, दुवै मोडल खरिद गर्ने ग्राहकहरूका लागि विशेष बुकिङ योजना पनि घोषणा गरेको छ । २ लाखको ननरिफण्डेबल बुकिङ गर्ने खरिदकर्ताले छुटसहितको मूल्य सुनिश्चित गर्नुका साथै आइफोन १६ प्रोम्याक्स वा एक तोला सुन, वा नगद १ लाख ८० हजार,००० सम्मको नगद छुट मध्ये कुनै एक पाउने अवसर प्राप्त गर्नेछन् ।










प्रतिक्रिया