Logo

कर्पोरेट-बजार

अवैध जग्गा प्लटिङ्गविरुद्ध शान्ति संगम एकता समाजको विरोध


GDP नेपाल
   ४ भाद्र २०८२, बुधबार


काठमाडौं । अवैध जग्गा प्लटिङ्गलाई मापदण्ड कायम गरी प्लटिङ्ग गर्न माग गर्दै शान्ति संगम एकता समाजले विरोध प्रदर्शन गरेको छ । 

काठमाडौंको चन्द्रागिरी नगरपालिका ११ मा शन्ति संगम एकता समाज अन्तर्गत रहेको १५ रोपनी जग्गामा अवैध प्लटिङ्ग गरिएको भन्दै मापदण्ड कायम गरी प्लटिङ्ग गर्न माग गर्दै शान्ति संगम एकता समाजले प्रदर्शन गरेको हो । 

शान्ति संगम एकता समाजका अध्यक्ष रवि सुवेदीले १५ रोपनी जग्गामा अवैध प्लटिङ्ग गरिएपछि काठमाडौं उपत्यका विकास प्राधिकरणसँग समन्वय गरि निवेदन दर्ता गराएको बताए । 

सुवेदीका अनुसार सो निवेदन उपर ठोस रुपमा काम नभएको हुँदा दबाबका लागि प्रदर्शन गरेको हो । 

‘शान्ति संगम एकता समाज अन्तर्गत रहेको १५ रोपनी जग्गामा अवैध प्लटिङ्ग भएको कुरा हामीलाई जानकारी भयो । त्यसपछि हामीले काठमाडौं उपत्यका विकास प्राधिकरणसँग समन्वय गर्यौ र हामीले बैशाखको २६ गते निवेदन दर्ता गरेका थियौ ।’ उनले भने, ‘निवेदन उपर ठोसरुपमा काम नभएको हुँदा हामीले प्रमुख आयुक्त लगाएत यहाँका विभिन्न निकायहरुसँग विभिन्न शाखाका कुन शाखाबाट काम रोकिएको छ यसमा दबाब दिनको लागि हामी आएका हौँ ।’ 

 

प्रकाशित : ४ भाद्र २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह