Logo

बिजनेस होम

लक्ष्मी ग्रुपले विशेष अफरसहित बहुप्रतिष्ठित ब्रान्डका कारहरुको प्रदर्शनी गर्ने


GDP नेपाल
   ५ भाद्र २०८२, बिहिबार


काठमाडौँ । नेपालको अग्रणी व्यापारिक संस्था लक्ष्मी ग्रुपले साउन ७ र ८ गते बिहान ११ बजेदेखि बेलुकी ६:०० बजेसम्म काठमाडौँको गैह्रीधारास्थित सिल्भर ओकमा भव्य प्रदर्शनी “LAXPERIENCE२०२५” आयोजना गर्ने भएको छ।


प्रदर्शनीलाई हुन्डाई, बिएमडब्ल्यू, केई र फोर्थिङ जस्ता बहुप्रतिष्ठित ब्रान्डहरूले विशेष बनाउन छन् । नेपालकै अटो इभेन्टमा पहिलोपटक बिएमडब्ल्यूको सहभागिता रहने भएकाले यो प्रदर्शनी कारप्रेमीहरूका लागि अझै रोमाञ्चक बन्नेछ।


आगन्तुकहरूका लागि विशेष अफर र छुट, तत्काल कार मूल्याङ्कन, लोयाल्टी बोनसका साथै सुविधाजनक फाइनान्स र इन्स्योरेन्स सेवाहरु पनि उपलब्ध गराइनेछ। यस प्रदर्शनीले नयाँ कार खरिद गर्न वा पुरानो साट्न इच्छुकहरूका लागि उत्कृष्ट अवसर दिनेछ।


कार मात्र नभई, आगन्तुकहरूले नयाँ मोडल र प्रविधि अनुभव गर्ने, ब्रान्ड प्रतिनिधिसँग प्रत्यक्ष संवाद गर्ने तथा व्यक्तिगत डिल पाउने अवसर पनि पाउनेछन् ।
साथै, नेल आर्ट, मेहेन्दी, निःशुल्क पौडी र सबै उमेर समूहलाई आकर्षित गर्ने मनोरञ्जनात्मक गतिविधिहरूले कार्यक्रमलाई झनै रोचक बनाउनेछन्।

प्रकाशित : ५ भाद्र २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह