Logo

कर्पोरेट-बजार

सुनको मूल्य हालसम्मकै उच्च


GDP नेपाल
   ११ भाद्र २०८२, बुधबार


काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर उच्च रेकर्ड कायम गरेको हो ।

मंगलबार प्रतितोला १ लाख ९८ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ९९ हजार रुपैयाँमा कारोवार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । मंगलबार २३ सय ६० रुपैयाँमा कारोवार भएको चाँदी आज प्रतितोला १५ रुपैयाँ घटेर २३ सय ४५ रुपैयाँमा कारोबार भैइरहेको छ ।

प्रकाशित : ११ भाद्र २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह