Logo

बैंक / बिमा /शेयर

स्वस्तिक लघुवित्तको आईपीओ बाँडफाँड


GDP नेपाल
   १२ भाद्र २०८२, बिहिबार


काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड भएको छ ।

कम्पनीको आईपीओमा कुल २४ लाख ४० हजार ४६० आवेदकबाट २ करोड ७४ लाख ६४ हजार ५७० कित्ता सेयर खरिदका लागि आवेदन परेको थियो । जसमध्ये २४ लाख ३६ हजार ३९३ आवेदन सदर र २ हजार ३०० आवेदन बदर भएको छ । कुल सदर आवेदकबाट २ करोड ७४ लाख १८ हजार ५४० कित्ता शेयरका लागि खरिद आवेदन परेको थियो ।

त्यसमध्ये १९ हजार ५१९ जनालाई १० कित्ताका दरले १ लाख ९५ हजार १९० सय कित्ता शेयर बाँडफाँड गरिएको छ । बाँकी ५ कित्ता शेयर ५ जनालाई १/१ कित्ताका दरले बाँडफाँड गरिएको छ । आईपीओको नतिजा मेरो सेयर तथा सिडिएस एण्ड क्लियरिङको वेबसाइटमार्फत हेर्न सकिनेछ ।

आज बिहान नबिल इनभेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँड गरिएको हो । नबिल इनभेष्टमेन्ट यस आईपीओको विक्री प्रबन्धक हो । कम्पनीले गत साउन ३० गतेदेखि भदौ ३ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो ।

प्रकाशित : १२ भाद्र २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह