Logo

कर्पोरेट-बजार

सुनको मूल्यमा फेरी उच्च रेकर्ड, तोलाकै एक लाख ९९ हजार ४ सय


GDP नेपाल
   १२ भाद्र २०८२, बिहिबार


काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले उच्च रेकर्ड कायम गरेको छ ।

सुनको मूल्य चार सय रुपैयाँले बढेर आज प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन प्रतितोला १ लाख ९९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

गत साउन २३ गते पनि यही मुल्यमा सुनको कारोबार भएको थियो ।

यता चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर प्रतितोला दुई हजार तीन सय ५५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन प्रतितोला दुई हजार तीन सय ४५ रुपैयाँ कायम थियो ।

प्रकाशित : १२ भाद्र २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह