Logo

कर्पोरेट-बजार

सुनको मूल्यमा नयाँ रेकर्ड, चाँदी पनि हालसम्मकै उच्च


GDP नेपाल
   १५ भाद्र २०८२, आइतबार


काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाली बजारमा आज सुनको मूल्यले आजसम्मकै उच्च रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढेर हालसम्मकै उच्च स्तरमा पुगेको हो ।

शुक्रबार प्रतितोला २ लाख ६ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर २ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भैइरहेको छ ।

यता चाँदीको मूल्यले पनि रेकर्ड बनाएको छ । आज एकै दिन चाँदी प्रतितोला ६५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला २४ सय २५ रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिन २३ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित : १५ भाद्र २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह