Logo

कर्पोरेट-बजार

निर्यातकर्ता उद्यमी महासंघ र नेपाल-जर्मन उद्योग वाणिज्य संघबीच समझदारी


GDP नेपाल
   १८ भाद्र २०८२, बुधबार


काठमाडौं । नेपाल निर्यातकर्ता उद्यमी महासंघ (फिन) र नेपाल-जर्मन उद्योग वाणिज्य संघ (एनजीसीसीआई) बीच समझदारी भएको छ । सो समझदारी पत्रमा फिनको तर्फबाट गोविन्द घिमिरे र एनजीसीसीआईको तर्फबाट अध्यक्ष सन्तोष चन्द्र कुवरले हस्ताक्षर गरेका छन् ।

उक्त समझदारीले नेपालबाट निर्यात व्यापार प्रवर्द्धन, बजार पहुँच विस्तार, उद्यमशीलताको प्रवर्द्धन, अन्तर्राष्ट्रिय व्यापार मेलाहरूमा सहभागिता, आर्थिक कूटनीति, साना तथा मझौला उद्योगहरूका लागि क्षमता विकास कार्यक्रम सञ्चालन, प्रत्यक्ष वैदेशिक लगानी आकर्षण, प्रविधि स्थानान्तरण तथा नेपाल र जर्मनीमा नीतिगत पैरवीजस्ता संयुक्त प्रयासहरू गर्न सहज हुने दुवै संस्थाका अध्यक्षहरुले बताए ।


यस्ता छन् समझदारी पत्रका संयुक्त उद्देश्यहरूः


१. बजार पहुँच

एनजीसीसीआई जर्मनीमा आयोजना हुने प्रमुख व्यापार मेलाहरूमा नेपाली मौलिक उत्पादन, पर्यटन, सांस्कृतिक आदानप्रदान कार्यक्रमहरूको प्रवर्द्धनमा सहयोग गर्ने।

२. व्यापार तथा आर्थिक सम्बन्ध सुदृढीकरणस्

नेपालका मौलिक उत्पादनहरूलाई जर्मनीमा प्रवर्द्धन गर्ने उद्देश्यले आपसी लाभदायी ज्ञान आदान प्रधान अवसर र क्षमता विकास कार्यशालाहरू गरिने। साथै, एनजीसीसीआईले फिनसँग मिलेर साना तथा मझौला उद्योगहरूको लागि सहज व्यापार वातावरण सिर्जना गर्न नेपालका सम्बन्धित मन्त्रालय र विभागहरूसँग मिलेर व्यापार अवरोधहरूको पहिचान गर्नेछ।

३. प्रत्यक्ष वैदेशिक लगानीको सहजीकरण
आर्थिक कूटनीतिमार्फत नेपालमा नयाँ लगानी उत्पन्न गर्ने गतिविधिहरूमा सहयोग गरिनेछ, साथै जर्मन समुदाय र नेपाली उद्यमीहरूसँगको सहकार्य तथा बजार विस्तारमा फिनसँग सहकार्य गर्ने।

४. नीतिगत पैरवी
निजी क्षेत्रको विकास प्रवर्द्धन गर्न अनुकूल व्यापार तथा लगानी मैत्री नीति निर्माणमा नेपाल र जर्मनी दुबै मुलुकमा संयुक्त रूपमा पैरवी गरिने।

५. ज्ञान आदानप्रदान:
फिन र एनजीसीसीआईको संयुक्त प्रयासमा अन्तर्राष्ट्रिय बजारमा पहिचान र सहभागिता विकास गरिने, साथै नेपाल र जर्मनीबीचको सहकार्य, साझेदारी र व्यवसायिक सम्बन्ध मजबुत पारिनेछ।

निजी क्षेत्रको प्रतिस्पर्धात्मकता बढाउने उद्देश्यले उत्कृष्ट व्यापार अभ्यासहरूको आदानप्रदान गरिने ।

प्रकाशित : १८ भाद्र २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह