Logo

बैंक / बिमा /शेयर

शिवश्री हाइड्रोपावरको हकप्रद शेयर बिक्री खुला


GDP नेपाल
   १९ भाद्र २०८२, बिहिबार


काठमाडौं । शिवश्री हाइड्रोपावर लिमिटेडले आज ९भदौ १९ गते० देखि १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ । कम्पनीले १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ चुक्तापूँजी बराबरका १ करोड ४७ लाख ६४ हजार कित्ता शेयर १०० रुपैयाँ अंकित दरमा जारी गरेको हो ।

हकप्रदमा आवेदन दिने अन्तिम मिति असोज ८ गते तोकिएको छ । योग्यताका लागि कम्पनीले साउन १६ गते बुक क्लोज गरेको थियो, जसअनुसार साउन १५ गतेसम्म नेप्सेमा कारोबार भएका शेयरधनी मात्रै आवेदन दिन सक्नेछन् ।

हकप्रद शेयर खरिदका लागि सिटिजन्स क्यापिटल, सिटिजन्स बैंकका शाखा तथा सि–आस्बा सेवामा सहभागी बैंक/वित्तीय संस्था र ‘मेरो शेयर’ मार्फत दिन सकिनेछ । यस कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित : १९ भाद्र २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह