Logo

Banner-news

१० लाखमा कोरोना संक्रमण: अमेरिकामा सबैभन्दा बढी संक्रमण, मृत्यु भने इटलीमा !


GDP Nepal
   २१ चैत्र २०७६, शुक्रबार


काठमाडौं । कोरोना संक्रमणको उदगम मुलुक चीनले यसलाई नियन्त्रणमा लिए पनि यसको फैलावट तीव्र गतिमा भइरहेको छ । पछिल्लो तथ्यांकअनुसार विश्वभरि दश लाखभन्दा बढि कोरोनाभाइरसका घटना पुष्टि भएको छ ।

विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमितको संख्या चाँडै १० लाख पुग्ने प्रक्षेपण गरेको भोलिपल्टै यो संख्या १० लाख नाघेको जोन्स हप्किन्स युनिभर्सिटीले जनाएको छ ।
कोरोनाभाइरसका कारण अहिलेसम्म ५१ हजारभन्दा बढि मानिसको मृत्यु भइसकेको छ भने २ लाख आठ हजारभन्दा बढि संक्रमित निको भएर घर फर्केका छन् । नेपालमा पनि हालसम्म ६ जनालाई कोरोना संक्रमण देखिएकोमा एक जना निको भएर घर फर्किसकेका छन् ।

कोरोना पत्ता लगाउन कतिपय मुलुकमा अझै सकिएको छैन भने जोन्स हप्किन्स युनिभर्सिटीको यस तथ्यांकभन्दा पनि उच्च संख्यामा संक्रमितहरू रहेको हुनसक्ने ठानिएको छ ।

संक्रमितको संख्या पहिलो एक लाख पुष्टि हुन झण्डै डेढ महिना लागे पनि गत एक सातामै संक्रमितको संख्या दोब्बर भएर १० लाख पुगेको हो ।

तथ्यांकअनुुसार हालसम्म अमेरिकामा सबैभन्दा धेरै संक्रमित पाइएका छन् भने मृत्यु हुनेको संख्या इटलीमा उच्च छ । बिहीवार स्पेनमा २४ घण्टाभित्रै ९५० जना मानिसहरूले ज्यान गुमाएका थिए ।
हालसम्म मृत्यु हुनेको संख्याका आधारमा इटलीपछि दोस्रो स्थानमा रहेको स्पेनमा झण्डै ९ लाख मानिसहरुले आफ्नो जागिर समेत गुमाएका छन्।

डब्लूएचओले कोभिड–१९ नाम दिएको यो संक्रमण तीन महिनाअघि मध्य चीनबाट फैलन सुरु भएको थियो ।

प्रकाशित : २१ चैत्र २०७६, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह