Logo

Banner-news

मन्त्रिपरिषद् निर्णयले भ्रम उत्पन्न: लकडाउन कडा भएको कि खुकुलो ?


GDP Nepal
   २३ चैत्र २०७६, आइतबार


घरबाहिरै निस्कन नपाउने लकडाउनमा अर्को पालिका जान नपाउने निर्णयको औचित्य के ?
काठमाडौं । शनिबारको मन्त्रिपरिषद् बैठकले लकडाउन कडा पार्ने निर्णय ग¥यो । जसअनुसार अब एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला तथा एक स्थानीय तहबाट अर्कोमा जान नपाइने भएको छ ।

नेपालमा थप तीन व्यक्तिमा कोरोनाभाइरस सक्रमण भएको पुष्टि भएपछि सरकारले देशव्यापी रूपमा आवागमनमा लगाएको प्रतिबन्ध अझ प्रभावकारी बनाउने तथा विदेशबाट फर्किएका र क्वारन्टीनमा रहेका व्यक्तिको परीक्षण गर्ने निर्णय गरेको हो ।

तर, सरकारी निर्णयले लकडाउनको औचित्यमाथि नै प्रश्न उठेको छ । यसअघि झन्डै दुई साताअघि गरिएको लकडाउनले आम नागरिकका दैनिक गतिविधि घरभित्रै सीमित गरिदिएको थियो ।

नागरिक घरभित्रै थुनिएपछि अर्को प्रदेश, जिल्ला वा स्थानीय तह (पालिका) जानसक्ने कुनै सम्भावना थिएन । एकाध घटनाबाहेक आम नागरिकले यसलाई पालना पनि गरिरहेकै थिए ।

शनिबारको मन्त्रिपरिषद् बैठकपछि लकडाउन कडा भएको हो कि खुकुलो भन्ने अर्को प्रश्न खडा भएको छ । अर्को प्रदेश, जिल्ला वा पालिका जान कडाइ गरिएको भन्नुको अर्थ कतै आफ्नै जिल्ला, पालिका वा टोलभित्र अब खुला गरिएको त हैन भन्ने प्रश्न उठेको छ ।

त्यसो होइन र लकडाउन खुला नै छ भने शनिबारको मन्त्रिपरिषदको निर्णय गरिरहनुपर्ने विषय नै होइन । यो ज्यादै हलुका भयो । लकडाउन कार्यान्वयनको समीक्षा गर्दै यसलाई थप प्रभावकारी बनाउनेमात्र भनिएको भए हुन्थ्यो तर यसरी सीमा तोकिएपछि अर्को भ्रम पैदा भएको छ ।

प्रकाशित : २३ चैत्र २०७६, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह