काठमाडौँ । जेनजी पुस्ताले सामाजिक, डिजिटल र शुसासनका लागि सञ्चालन गरेको आन्दोलनमा भएको त्रासदीप्रति नेपाल एलपी ग्यास उद्योग संघले दुःख व्यक्त गरेको छ । संघले आज एक विज्ञप्ति जारी गर्दै सार्वजनिक र निजी सम्पत्तिमा भएको तोडफोड र आगजनीबाट मुलुक र व्यवसायीहरूले बेहोर्नु परेको अतुलनीय क्षतिप्रति दुःख व्यक्त गरेको हो।
“यस अवस्थामा, राजनीतिक दल, नागरिक समाज, व्यवसायी समुदाय र सबै नागरिकलाई संयम रहन, शान्ति सुरक्षा कायम राख्न र अमन-चैन कायम राख्नका लागि सहयोग गर्न अपिल गर्दछौं” विज्ञप्तिमा भनिएको छ,” घाइतेहरूप्रति अनदेखा हुनु हुँदैन । घटनाका घाइते धेरै अस्पतालमा आफन्त विहीन अवस्थामा छन् । उनीहरूको तत्काल उचित उपचार र सहयोग सुनिश्चित गर्नु हामी सबैको साझा जिम्मेवारी र कर्तव्य हो । समस्या समाधानका लागि आफ्नो क्षेत्रवाट सहयोग गर्न इच्छुक जेन- जी युवासहित सबैलाई संघको तर्फबाट अनुरोध गर्दछौं ।”
त्यस्तै, संघले देशको शान्ति, स्थिरता र विकास वार्ता, समझदारी र आपसी सम्मानको माध्यमबाट मात्र सम्भव भएको जनाउँदै सबैलाई मिलेर यही मार्ग अपनाउन समेत आग्रह गरेको छ ।
संघले भनेको छ ,”संघको तर्फबाट हामी सबैलाई आग्रह गर्दछौं, हिंसा र विनाशबाट टाढा रहौं, मानव जीवनको रक्षा र घाइतेहरूको सहयोगमा एकजुट होऔं । समस्याको समाधान वार्ता, समझदारी र आपसी सम्मानको बाटोबाट मात्र सम्भव छ।”










प्रतिक्रिया