Logo

बैंक / बिमा /शेयर

गभर्नर सिफारिसमा ब्युरोक्रेट्स हावी, प्रचण्डनिकट सिफारिसमै परेनन् !


GDP Nepal
   २४ चैत्र २०७६, सोमबार


काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर पद रिक्त भएको झन्डै तीन सातापछि नयाँ गभर्नर नियुक्त हुने भएका छन् । राष्ट्र बैंकका पूर्व गभर्नरसमेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडा संयोजकत्वको समितिले नयाँ गभर्नरका लागि तीन जनाको नाम सिफारिस गरेको हो ।

सिफारिस गरिएका नाममध्ये तीनैजना राष्ट्र बैंकसँग सम्बन्धित छन् । राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी तथा पूर्व डेपुटी गभर्नर महाप्रसाद अधिकारी तथा केन्द्रीय बैंकमा सञ्चालक रहिसकेका पूर्व अर्थसचिव डा. राजन खनाल सिफारिस भएका हुन् ।

सिफारिसमा प्रधानमन्त्री केपी ओली र अर्थमन्त्री निकटमात्रै परेका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीनिकट मानिएका योजना आयोगका पूर्वउपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ भने सिफारिसमै परेनन् ।

समितिले सिफारिस गरेका तीनैजना ब्युरोक्रेट्स पृष्ठभूमिका हुन् । सिफारिस समितिमा अर्थमन्त्रीसहित पूर्व गभर्नर विजयनाथ भट्टराई र पूर्वसचिव कृष्णहरि बाँस्कोटा सदस्य थिए । तत्कालीन गभर्नर चिरन्जिवी नेपालको पदावधि चैत ५ देखि सकिएको हो ।

प्रकाशित : २४ चैत्र २०७६, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह