Logo

बैंक / बिमा /शेयर

सबै बीमा कम्पनीका कार्यालय सञ्चालनमा ल्याउन बीमा प्राधिकरणको निर्देशन


GDP नेपाल
   २९ भाद्र २०८२, आइतबार


काठमाडौं । नेपाल बीमा प्राधिकरणले आज (आइतवार) देखि सबै बीमा कम्पनी र तिनका सबै शाखा कार्यालय सञ्चालनमा ल्याउन निर्देशन दिएको छ । प्राधिकरणले केही जेनजी आन्दोलनका कारण सिर्जना भएका विषम परिस्थितिहरू सामान्य हुँदै गएकाले कार्यालय सञ्चालन गर्न अनुमति दिएको हो ।

प्राधिकरणले भौतिक रूपमा कार्यालयमा उपस्थित भएर काम गर्न समेत निर्देशन दिएको छ । यसअघि प्राधिकरणले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन र प्रदर्शनका क्रममा भएको क्षतिको बीमा दावी भुक्तानीलाई सहज र सरल बनाउन पनि आदेश जारी गरिसकेको थियो ।

साथै प्रशासनले कर्फ्यू र निषेधाज्ञा हटाइरहेका कारण अब बीमा कम्पनीहरू नियमित रुपमा सेवा दिन सक्नेछन् ।

प्रकाशित : २९ भाद्र २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह