Logo

Banner-news

लकडाउनयता ५४ अर्बको कारोबार फर्छ्योट, आजदेखि पुरानै समयमा क्लियरिङ र सेटलमेन्ट


GDP Nepal
   २७ चैत्र २०७६, बिहिबार


काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले लकडाउन सुरु भएयता ५४ अर्ब रुपैयाँ बराबरको कारोबार फर्छ्योट गरेको छ । एनसीएचएलले लकडाउन सुरु भएपछिका दुई सातामा यति बराबरको कारोबार फर्छ्योट गरेको हो ।

एनसीएचएलले पहिलो हप्तामा १८ अर्ब ६० करोड र दोस्रो हप्तामा ३५ अर्ब ६० करोड रुपैयाँ बराबरको कारोबार फर्छ्योट गरेको जनाएको छ ।

एनसीएचएलले हाल एनसीएचएल–ईसीसी, एनसीएचएल–आईपीएस, कनेक्ट आईपीस, कनेक्ट आरटीजीएस र एनपीआई गरी पाँचवटा राष्ट्रिय भुक्तानी प्रणालीहरु सञ्चालन गर्दै आएको छ । जसमा नेपाल राष्ट्र बैंकलगायत प्रायः सबै बैंक वित्तिय संस्थाहरु आबद्ध छन् ।

यसैबीच, एनसीएचएलबाट सञ्चालनमा रहेका प्रणालीहरुमध्ये ईलेक्ट्रोनिक चेक क्लियरिङ र अन्तरबैंक भुक्तानी प्रणालीमा विहीबार देखि लकडाउनपूर्वको अवस्था बमोजिमको समयसम्म क्लियरिङ र सेटलमेन्ट हुने भएको छ ।

जसअनुसार एनएचसीएल–ईसीसी को रेगुलर सेसनमा दिनको १:३० बजे सम्म जम्मा गरिएका चेकहरु र एनसीएचएल–आईपीएस मा दिनको १:०० सम्म प्राप्त भएका भुक्तानी आदेशहरु सोही दिनमा फर्छ्योट हुनेछन् । उक्त समय सीमापछी प्रणालीमा आएका कारोबारहरु अर्को दिनमा फर्छ्योट हुने व्यवस्था रहेको छ ।

प्रकाशित : २७ चैत्र २०७६, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह