बिहीबार दिउँसो अनलाइनखबरमा काठमाडौंका डेरावाललाई गाउँ फर्किन दिँदा के हुन्छ ? भनेर एउटा समाचार टिप्पणी आएको थियो । गृह मन्त्रालयले एउटा टाक्स फोर्स नै बनाएर डेरावाललाई काठमाडौँबाट गाउँ फर्किन दिँदा के हुन्छ भनेर गृहकार्य गरिरहेको समाचारले विभिन्न कारणले घर बाहिर अड्किएका र रासन पानी सकिएका मजदुर घर जान पाउने भए भन्ने आशा पलायो ।
उक्त समाचारको केही घण्टामा नै घर जान चाहने २ दिन घर जान पाउने भन्ने समाचार केही मिनेटमै भाइरल भयो । अहिले सबै जना सामाजिक सञ्जाल र सञ्चार माध्यममा अपडेट बसिरहेकोले उक्त समाचार सबैको कानमा पुग्न केही मिनेट पनि लागेन । तर त्यहीँ २ घण्टा बिच धेरैले आआफ्नो ग्रुप बनाएर गाडी रिजर्भ गरे । कतिले गाउँ फर्किन झोला प्याक गर्न नि भ्याइसकेका थिए ।
सिन्धुलीको तीनपाटन गाउँपालिकाले घर आउने चाहनेले तुरुन्त नजिकको प्रहरी चौकीमा सम्पर्क गर्न अनुरोध गरेर फेसबुकमा लेखिसकेको समेत थियो । तर डेढ घण्टामा नै तत्काल गाउँ फर्किन व्यवस्था गर्न नसकिने समाचारले सरकारका मन्त्रीका अपरिपक्वता देखियो भने धेरै आक्रोशित नि भए । कुनै मन्त्री र मन्त्रालयका प्रवक्ताले जानकारी दिँदा नै राष्ट्रिय सञ्चारमाध्यममा उक्त समाचार आएको प्रस्ट बुझ्न सकिन्छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो सम्बोधनले लकडाउन २ हप्ता लम्बिने सङ्केत प्राप्त भएको छ । विश्व र छिमेकी देश भारतमा कोरोनाको फैलिँदो महामारीले पनि लक डाउन केही महिना लम्बिनसक्ने आकलन गर्न सकिन्छ ।
भोलिका दिनमा लकडाउन खुलिहाल्दा पनि केही हप्तारमहिना पहिलाको जसरी स्वतन्त्र रूपमा खुल्ने छैन । जसले गर्दा घर भन्दा बाहिर बसेर दैनिक ज्यालादारी गरेर बिहान बेलुका खाने मजदुरको कोठामा चुलो बल्न छोडेको धेरै भइसक्यो ।
स्थानीय तहले केही राहत वितरण गरे पनि बोल्ने सक्ने र सुनको सिक्री लाउनेले मात्र राहत बुझेको समाचार आइरहेको छ । जसले गर्दा अन्तिम अवस्थामा केही नलागेपछि धेरै मजदुर फुको चिउरा र पानिको भरमा खुल्ला आकाश मुनि सुत्दै पैदल घर फर्किनेको ताती छ । काठमाडौँ देखि दाङसम्म दैनिक १८ घण्टा हिँडेर पुगेको समाचार पनि उत्तिकै भाइरल छ ।
अहिले पनि काठमाडौँको विभिन्न नाका हुँदै दैनिक २ हजार भन्दा धेरै मजदुर पैदल हिँडेर ४,५ दिनको पैदल यात्रा तय गरिहरेका छन् । १०० औँ किलोमिटर पार गर्दै पैदल हिँडेर हाजारौं मजदुर घर पुगीसका छन् । अहिले ७ दिनको कष्टकर पैदल यात्रा तय गरेर घर पुग्ने भनेका दैनिक ज्यालादारी गरेर बिहान बेलुका खाने मजदुर नै हुन् ।
गोजी र कोठामा भएको खाद्यान्न रित्तिएपछि उनीहरू कष्टकर यात्रा गरेर घर जान बाध्य भएका हुन् । त्यसरी पैदल यात्रा गरिरहेका मजदुरको साथमा केही चिउरा र १०० रुपौया नि गोजीमा हुँदैन । घर पुग्दा केही नभए पनि दाउरा पकाएर खोले र सिस्नु खान पाइन्छ भन्ने आस छ ।
सरकारले यातायात रोके पनि पैदल यात्रा रोक्न सकेको छैन र रोक्न सक्ने अवस्था पनि छैन । न त सबै मजदुर लाइ राहत पुराउन सकिएको छ र पुराउने अवस्था छ । शक्ति हुनेहरू पास बनाएर गाडीमा ह्युइकिरहेका नै छन् ।
लकडाउन लम्बिने सम्भावना धेरै छ । खुलिहाले पनि सहज हुनेछैन । त्यसैले विभिन्न कारणले घर बाहिर गएर अलपत्र परेका र दैनिक ज्यालादारी गरेर खाने मजदुर लाइ थप सङ्क्रमित नभेटिएको खण्डमा तुरुन्तै निश्चित मापदण्ड बनाएर र स्वास्थ्य जाँच गराएर घर पुराउने व्यवस्था सरकारले गर्नु पर्छ ।
त्यसले मजदुर र अलपत्र परेका नागरकिकलाइ मात्र हैन – लक डाउन लम्ब्याउनु पर्दा व्यवस्थापन गर्न सरकारलाइ पनि धेरै सहज हुनेछ । आखिर जसरी पनि कष्टकर पैदल यात्रा गरेर मजदुर घर फर्किरहेका छन् र त्यसरी घर फर्किने क्रम झन् बढ्ने छ ।
थापाको ब्लग https://tbhuwan.wordpress.com बाट
प्रतिक्रिया