Logo

बिजनेस होम

आज धेरै स्थानमा मौसम सफा हुने: मनसुन प्रणाली कमजोर 


gdpnepal
   २३ आश्विन २०८२, बिहिबार


काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मुख्यतया सफा रहनेछ । 

विभागका अनुसार देशका केही भूभागमा आज वर्षाको सम्भावना छ । हल्का वर्षाको सम्भावना रहेको छ । 

मनसुन प्रणाली र स्थानीय वायुको प्रभाव कमजोर हुँदा धेरै स्थानमा मौसम सफा हुनेछ । वर्षा हुने स्थानमा पनि हल्का वर्षा मात्रै हुनेछ । 

देशका पहाडी भूभागका एकदुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ ।

विभागले राति कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफा रहने बताएको छ । 

कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशको पश्चिमी भूभागको धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूमा पश्चिमी वायुको प्रभाव रहेको छ । 

बाँकी भूभागमा मनसुनी वायु र स्थानीय वायुको कमजोर प्रभाव रहेको विभागले बताएको छ ।

 

प्रकाशित : २३ आश्विन २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह