Logo

कृषि / सहकारी

हरियो फर्सी, घिरौंला र काक्रोमा भेटियो अत्याधिक विषादी


GDP नेपाल
   २३ आश्विन २०८२, बिहिबार


काठमाडौं । हरियो फर्सी, घिरौंला र काक्रोमा अत्यधिक विषादी भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको विषादी अवशेष विश्लेषण रिर्पोट अनुसार बिहीवार यी तरकारीहरुमा अत्यधिक विषादी रहेको पाइएको हो ।

समितिको रिर्पोट अनुसार मकवानपुरबाट चक्रविर तामाङसँग ल्याएको हरियो फर्सीमा विषादीको मात्रा अत्यधिक भेटिएकाले उपभोग अयोग्य भएको पाइएको हो । उक्त फर्सीमा ४५.५९८ प्रतिशत अर्गानो फोस्फेटको मात्रा भेटिएको समितिले जनाएको छ ।

त्यसैगरी, धादिङबाट राजेन्द्र प्रसाद कानुको बारीबाट ल्याएको घिरौंलामा ६५.०३० प्रतिशत अर्गानोफोस्फेटको मात्रा पाइएको हो । काठमाडौंस्थित कानुकै बारीबाट ल्याइएको कांक्रोमा समेत ५२.९२१ प्रतिशत अर्गानोफोस्फेटको मात्रा भेटिएको हो ।

समितिका अनुसार कुनैपनि तरकारीमा विषादीको मात्रा ३५ प्रतिशत भन्दा कम भएमा उपभोग योग्य मानिन्छ । ३५ देखि ४५ प्रतिशत सम्म विषादी भएमा केहि दिनसम्म क्वारेन्टाइनमा राखेर उपभोग योग्य हुन्छ भने ४५ प्रतिशत भन्दा बढी विषादीको मात्रा भेटिएमा उपभोग अयोग्य मानिन्छ ।

प्रकाशित : २३ आश्विन २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह