Logo

Banner-news

असारमा कमाइ भैसकेको हुँदैन, किस्ता तिर्ने अवधि लम्ब्याउन सकिन्छः गभर्नर


GDP Nepal
   ३ बैशाख २०७७, बुधबार


काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चैतको किस्ता असारसम्म तिर्ने सुविधा पाएका ऋणीहरुले थप सुविधा पाउनसक्ने संकेत गरेका छन् । उनले लकडाउनको अवधि लम्बिँदै गए असारसम्म पनि कमाइ नहुने भएकाले उनीहरुलाई थप सुविधा दिनसक्ने बीबीसी नेपाली सेवासँग बताएका हुन् ।

उद्योगी तथा अन्यले वित्तीय संस्थाबाट लिएका ऋण तथा ब्याज तोकिएको समयमा तिर्न नसक्ने अवस्था आउनसक्ने र त्यसलाई कसरी समाधान गर्न सकिन्छ भनेर केन्द्रीय बैंकले काम गरिरहेको उनको भनाइ छ । यस्तो व्यवस्थाले वित्तीय स्थिरतासँगै आर्थिक स्थिरतालाई समेत चुनौती दिने भए पनि ति गहन चुनौती सामना गर्न आफूहरु प्रयासरत रहेको उनले बताएका छन् ।

गभर्नर अधिकारीले कोरोनाभाइरस संकमणकै कारण कोही कसैलाई परेको अप्ठेरोबाट उनीहरूलाई बाहिर ल्याउने काममा राष्ट्र बैंक लाग्ने प्रतिबद्धता पनि जनाएका छन् । आफूहरुको ध्यान कोरोनाभाइरस संक्रमणले अर्थतन्त्रलाई पर्नसक्ने नकारात्मक प्रभावको न्यूनीकरण गर्न तथा अर्थतन्त्रलाई भोलि फेरि चलायमान गराउन प्रयास गर्ने तर्फ केन्द्रित हुने उनको भनाइ छ ।

प्रकाशित : ३ बैशाख २०७७, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह