काठमाडौं । अन्तत: विपिन फर्कने आशाको त्यान्द्रो चुँडिएको छ । उनी जीवित नरहेको औपचारिक घोषणा सँगै उनको शव हस्तान्तरण हुँदै छ ।
हमासले इजरालयबाट कब्जामा लिएका नेपाली विद्यार्थी विपिन जोशीको मृत्यु इजरायलकै बमका कारण भएको हमासको दावी छ ।
हमासलाई उद्धृत गर्दै इजरायली सेनाले दिएको जानकारीअनुसार विपिनसहित चारजनाको शव हस्तान्तरणको तयारी गरिएको छ ।
रेडक्रस प्रतिनिधिलाई शव हस्तान्तरणको तयारी गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
सोमबार साँझ चारजना मृतक बन्धकलाई फिर्ता गर्ने तयारी गरेको इजरायली सेनाका प्रमुख प्रवक्ता ब्रिगेडियर जनरल एफि डेफ्रीनले बताएका छन् ।
हमासले पछि ती बन्धकहरूको नाम गाई इलोज, योसी शराबी, विपिन जोशी र डेनियल पेरेज रहेको पुष्टि गरेको छ ।
उनीहरुलाई ७ अक्टोबर २०२३ मा इजरायलबाट अपहरण गरिएको थियो । कृषि अध्ययनरत जोशी लर्न एन्ड अर्न कार्यक्रमअन्तर्गत इजरायल पुगेका थिए ।
जोशी इजरायल पुगेको तीन साता पनि नबित्दै हमासको आक्रमणमा परेका थिए ।
हमासले उनीसहित नेपाली विद्यार्थी बसेको इजरायलको किबुज क्षेत्रमा रहेको बंकरमा हानेका दुईवटामध्ये एउटा ग्रीनेड बाहिर फालेर केही साथीको ज्यान बचाएका थिए ।
त्यसलगत्तै हमासका कार्यकर्ताले विपिनलाई अपहरण गरेका थिए ।










प्रतिक्रिया