काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ८ हजार १०० रुपैयाँ बढेर २ लाख ४८ हजार ५०० रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च मुल्य हो । सोमबार सुन प्रतितोला २ लाख ४० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । सोमबार प्रतितोला ३ हजार २२० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको छ ।









प्रतिक्रिया