Logo

बैंक / बिमा /शेयर

तिहार लक्षित चाँदीको मेडालियन मात्र वितरण गरिने


GDP नेपाल
   २८ आश्विन २०८२, मंगलबार


काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्ष तिहार लक्षित सुनका असर्फी वितरण नगर्ने भएको छ ।

सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्दै आएको भएतापनि यस वर्ष सुनका असर्फी वितरण नगर्ने भएको हो ।

राष्ट्र बैंकको टक्सार महाशाखाले असोज २६ गतेदेखि चाँदीको मेडालियन बिक्री वितरणका लागि भने मूल्य सार्वजनिक गरेको थियो ।

महाशाखाका अनुसार लक्ष्मी मेडालियन (१०) ग्राम ३ हजार दुई सय रुपैयाँ, गणेश मेडालियन (१०) ग्राम, गजलक्ष्मी (१०) ग्राम र गाई मेडालियन (१०) ग्राम ३ हजार दुई सय रुपैयाँ कै दरले वितरण गरिने भएको छ । महाखाशाका अनुसार प्रतिव्यक्ति १ मात्रै वितरण गरिने छ ।

खरिद गर्न जाँदा नागरिकताको फोटोकपी वा नागरिकता नम्बर उल्लेख भएको अन्य कुनै परिचयपत्र लिएर जान महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित : २८ आश्विन २०८२, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह