काठमाडौं । हिमालयन लाईफ इन्स्योरेन्सको निमित्त प्रमुख कार्यकारी अधिकृत (निमित्त सीईओ) को जिम्मेवारी कपिलकुमार दाहालले पाएका छन्।
मनोजकुमार लाल कर्णले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट राजीनामा दिएपछि सञ्चालक समितिको बैठकले दाहाललाई आजदेखि लागू हुने गरी निमित्त सीईओको जिम्मेवारी दिएको हो ।
पेसँगत अभिकर्ता संघले न्यूनतम बोनस दर प्रतिहजार ५० रुपैयाँ कायम गर्नुपर्नेलगायतका माग अघि सार्दै व्यवस्थापन तथा सञ्चालक समितिलाई दबाब दिएपछि माग पूरा गर्न सम्भव नभएको भन्दै सीईओ कर्णले पदबाट राजीनामा दिएका हुन्।










प्रतिक्रिया