Logo

अर्थनीति

दुई महिनामा भित्रियो ३ खर्ब ५२ अर्ब रेमिट्यान्स


GDP नेपाल
   २८ आश्विन २०८२, मंगलबार


काठमाडौँ । चालु आर्थिक वर्षको दुई महिना (साउन र भदौ) मा रेमिट्यान्स ३३.१ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउन र भदौमा ३ खर्ब ५२ अर्ब ८ करोड रेमिट्यान्स भित्रिएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स १५.८ प्रतिशतले बढेको थियो ।

त्यस्तै, भदौ महिनामा मात्रै १ खर्ब ७४ अर्ब ६७ करोड रेमिट्यान्स भित्रिएको छ ।

भदौसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ९० हजार १ सय ९८ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ४५ हजार ८ सय ८४ रहेको छ । गत आवको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ७६ हजार ४ सय ८५ र ४० हजार ५ सय ८३ रहेको थियो ।

प्रकाशित : २८ आश्विन २०८२, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह