काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरु सरकारबाट बाहिरिएपछि अर्थतन्त्रमा समस्या उत्पन्न भएको बताएका छन् ।
जेनजी आन्दोलनका कारण सत्ताच्यतु भएका तत्कालीन प्रधानमन्त्री ओलीले एमाले सरकारबााट बाहिरिएपछि विश्व बैंकले नेपालको आर्थिक वृद्धिदरको लक्ष्य नै घटाएको दावी गरेका छन् ।
विश्व बैंकले आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ । असोज २१ साउथ एसिया डेभलपमेन्ट रिपोर्ट सार्वजनिक गर्दै आर्थिक वर्ष ०८२/८३ मा २.१ र त्यसपछि २०८३/८४ मा ४.७ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने प्रक्षेपण गरिएको हो ।
हालैको ‘जेनजी’ आन्दोलन र त्यसको असरलाई समेत ध्यानमा राख्दै आर्थिक वृद्धिदरको प्रक्षेपण गरिएको विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ ।
विश्व बैंकले यसअघि चालु आर्थिक वर्षमा ५.२ र त्यसपछिको सालमा ५.५ प्रतिशत आर्थिक वृद्धिदर हुने आकलन गरेको थियो । तर, पछिल्लो परिस्थितिलाई निहाल्दै विश्व बैंकले त्यसलाई घटाएको हो ।










प्रतिक्रिया