काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से २२.५८ अंकले घटेर दुई हजार ५०५.५८ विन्दुमा पुगेको छ ।
बैंकिङ ७, विकास बैंक ६१, फाइनान्स २४, होटल तथा पर्यटन ६३, हाइड्रोपावर ३८, जीवन बीमा ९२, उत्पादन २८, माइक्रोफाइनान्स २६, निर्जीवन बीमा ६९, अन्य २८ र व्यापार उपसमूह ७९ अंकले घटेको छ।
आज समाज लघुवित्तिय वित्तिय संस्था रविन्ध्यवासिनि हाइड्रोपावरको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज समता लघुवित्तको सेयर झण्डै ७ प्रतिशतले बढेको छ ।
यस दिन ३१८ कम्पनीको ७६ लाख कित्ता सेयर ३ अर्ब १० करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया