Logo

अर्थनीति

पेट्रोलको भाउ २ रूपैयाँले घट्यो, डिजल यथावत


gdpnepal
   ३० आश्विन २०८२, बिहिबार


काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । डिजेल र मट्टीतेलको मूल्य भने यथावत् राखेको छ । 

बिहीबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य घटाइएको तथा डिजेल र मट्टीतेलको मूल्य यथावत् राखिएको निगमले जनाएको छ । 

निगमका अनुसार, पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाइएको छ ।

मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १५८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १६० रुपैयाँ र तेस्रो वर्गका लागि १६१ रुपैयाँ तोकिएको छ । 

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो र काठमाडौं, पोखरा र दीपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ ।

 

प्रकाशित : ३० आश्विन २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह