काठमाडौँ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स सुदूरपश्चिम रोयल्सको इन्स्योरेन्स पार्टनर बनेको छ । कम्पनीले दोस्रो संस्करणको नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्ससँग पुनः सहकार्य गर्दै आधिकारिक इन्स्योरेन्स पार्टनरको रूपमा आफ्नो सहभागिता सुदृढ गरेको हो।
यसबारे इन्स्योरन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले सुदूरपश्चिम रोयल्ससँग पुनः सहकार्य गर्न पाउँदा अत्यन्त हर्षित भएको बताए ।
उनल भने “हामी सुदूरपश्चिम रोयल्ससँग पुनः सहकार्य गर्न पाउँदा अत्यन्त हर्षित छौं। जोखिम व्यवस्थापनमा अग्रसर कम्पनीका रूपमा हामी खेलाडीहरूलाई आत्मविश्वासका साथ खेल्न प्रोत्साहित गर्न चाहन्छौं। आशा छ, यस सिजनमा कप सुदूरपश्चिममा आउनेछ।”
त्यस्तै, सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले प्रतिष्ठित ब्रान्डसँग पुनः सहकार्य गर्न पाउनु गर्वको विषय रहेको बताउँदै भने “सलिको जस्तो प्रतिष्ठित ब्रान्डसँग पुनः सहकार्य गर्न पाउनु हाम्रो लागि गर्वको विषय हो। उहाँहरूको निरन्तर साथले ल्एी लाई अझ उचाइमा पुर्याउनेछ र थप संस्थाहरुलाई खेल क्षेत्रमा लगानी गर्न प्रेरित गर्नेछ।”
सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले नेपालभरका १०० भन्दा बढी शाखामार्फत व्यक्तिगत तथा कर्पोरेट ग्राहकहरूलाई बीमाका विविध सेवा प्रदान गर्दै आएको छ।
विश्वास, सुरक्षात्मक सोच र सामाजिक उत्तरदायित्वमा आधारित सलिको खेलकुदको उत्थान र राष्ट्रिय गौरवका प्रतीक खेलाडीहरूको साथमा निरन्तर प्रतिबद्ध रहने कम्पनीले जनाएको छ ।









प्रतिक्रिया