Logo

मुख्य समाचार

महाकालीको भुजेलाघाटमा विपिन जोशीको अन्त्येष्टि 


gdpnepal
   ५ कार्तिक २०८२, मंगलबार


कञ्चनपुर । इजरायल–हमास युद्धका क्रममा मृत्य भएका विपिन जोशीको आज कञ्चनपुरस्थित महाकाली नदी किनारमा अन्त्येष्टि गरिएको छ । महाकालीको भुजेलाघाटमा उनले अन्त्येष्टि गरिएको हो । 

विपिन जोशीको सम्मानमा सशस्त्र प्रहरीले सलामी अर्पण गरेको थियो । सोमबार दिउँसो काठमाडौं ल्याइपुर्याइएको विपिनको शव नेपाली सेनाको स्काइ ट्रकबाट धनगढी हुदैँ कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीस्थित घर पु¥याइएको थियो । 

शव हस्तान्तरण गर्न उनको घर पुगेका नेपालस्थित इजरायली दूतावासका  अधिकारीहरुसहित आज बिहान शवयात्रा निकाली महाकालीको भुजेलाघाटमा अन्त्येष्टि गरिएको छ ।  

अन्त्येष्टिमा विपिनका परिवार, इष्टमित्र, जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, नगर प्रहरी लगायत सहभागी थिए ।

विपिन सन् २०२३ मा अध्ययनका लागि इजरायल पुगेका थिए भने इजरायल पुगेको केही दिनमै हमासको आक्रमणमा परेका थिए । 

 

प्रकाशित : ५ कार्तिक २०८२, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह