Logo

बिजनेस होम

पश्चिमी वायुको प्रभावका कारण देशका एकदुई स्थानमा वर्षा र हिमपातको सम्भावना


gdpnepal
   ६ कार्तिक २०८२, बुधबार


काठमाडौं । मौसमी प्रणालीमा केही परिवर्तन देखिएको छ । मनसुन प्रणाली बाहिरिएसँगै खासै कुनै पनि मौसम प्रणालीको प्रभाव नरहेकोमा आजबाट पश्चिमी वायुको आंशिक प्रभाव देखिन थालेको छ । 

हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभागले दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने बताएको छ । 

कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा तथा कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

यसैगरी आज राति सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

 

प्रकाशित : ६ कार्तिक २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह